WATCH VIDEO NOW

पार्टीभित्रको समस्या समाधान गरेर मात्र सरकारमा जान कांग्रेस कार्यकर्ताको आग्रह


नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी भित्रका समस्या समाधान गरेर सरकारको नेतृत्व लिन पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।
कार्यकर्ताहरुले पार्टी एक ढिक्का भएर अघि बढेमात्र कार्यकर्ताहरुको साथ मिल्ने धारणा राखेका थिए । कांग्रेस दमक नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका इकाइ अध्यक्ष षडराज गड्तौलाले पार्टीभित्रका समस्यालाई समाधान नगरेसम्म कांग्रेस भित्रको एकता मजबुत हुन नसक्ने बताए । 

लित संघका क्षेत्रीय अध्यक्ष अमर बराइलीले कांग्रेस भित्रको आन्तरिक समस्या समाधान भएपछि मात्र नेतृत्व गर्न सुझाव दिएका थिए। कांग्रेस जिल्ला उपसभापति देउमान थेवेले पार्टीभित्रका समस्याहरुलाई नेतृत्वले गम्भीर रुपमा लिएर एकताबद्ध भएमात्र सरकार पनि बलियो हुने तर्क राखेका थिए ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, महासमिति सदस्य पूर्णानन्द शर्मा लगायतले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई सुझाव दिएका थिए ।

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri