WATCH VIDEO NOW

Full Nepali Movie Timi Jaha Bhayapani

Ajab Gazabb Love (2012) Hindi Full Movie

Watch Naked Soldier Full HD

Comedy Circus Ke Ajoobe 4th November 2012

Rajatpat, 31 October 2012

हिन्दी र अंग्रेजी फिल्ममा रोक लगाउन नेकपा-माओवादीको माग

Like Us On Facebook Click Here

नेपाली फिल्मको बजार खस्कदै गईरहेको अवस्थामा नेकपा-माओवादी ले सो कुरालाई मध्यनजर गर्दै हिन्दी र अंग्रेजी फिल्मलाई नेपालमा रोक लगाउनु पर्ने माग राखेको छ । सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाईएको ७० बुँदे मागपत्रमा यो कुरा उल्लेख गरिएको हो ।

माओवादी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा गएको एक टोलीले बुझाएको उक्त ज्ञापन पत्रको राष्ट्रियता अर्न्तगतको ११ नम्बरको बुँदामा लेखिएको छ -'साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त गरियोस् । सबै प्रकारका हिन्दी र अंग्रेजी छाडा सिनेमा, भिडियो र पत्रपत्रिका आयात र विक्री वितरणमा रोक लगाइयोस् ।' यसले के देखाउँछ भने माओवादीले नेपाली फिल्मको विकासका लागि यस्ता फिल्मलाई रोक लगाईनु पर्छ । पछिल्लो समयमा छाडा र आष्लिल फिल्मले स्थान पाईरहेको अवस्थामा त्यस्ता फिल्मलाई पनि रोक लगाउन माओवादीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

यस्तै जनतन्त्र अर्न्तगतको ४५ नम्बरको बुँदामा बुद्धिजीवी, साहित्यकार, कलाकार र साँस्कृतिकर्मीहरुको प्राज्ञिक स्वतन्त्रता ग्यारेण्टी गरिनु पर्ने माग पनि उल्लेख गरिएको छ । मागपत्र बुझेपछि प्रधानमन्त्री भट्टराईले केही माग तुरुन्तै पूरा गर्न सकिने र बाँकी क्रान्ति सम्पन्न भएपछि पूरा गर्न सकिने भन्दै अधिकांश माग देश र जनताको पक्षमा भएको बताएका थिए ।

स्मरण रहोस् तत्काली संयुक्त जनमोर्चा नेपालका अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० बुँदे मागमध्ये ११ नम्बरको बुँदालाई जस्ताको तस्तै राखिएको बुझिएको छ । त्यसैले पनि बाबुरामले यो ११ नम्बरको बुँदालाई पूरा गर्न सक्ने आंकलन काटिएको छ । अब माओवादीको यो माग कहिले पूरा हुन्छ त्यो त समयले बताउँछ । यदि माग पुरा भईहालेको खण्डमा हिन्दी र अंग्रेजी फिल्म रोक लाग्दा त्यसले कस्तो समस्या उत्पन्न गराउँछ प्रतिक्षाको बिषय बनेको छ ।

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri