WATCH VIDEO NOW

`हावाको भरमा फिल्म गर्दिन` : बिनिता बराल

Like Us On Facebook Click Here
चपली हाईटले जसरी नायिका बिनिता बरालको हाईटलाई उचो बनाईदियो फुलस्टपले त्यसैगरी तल पारिदियो । उनले चपली हाईटबाट जति चर्चा पाईन त्यसको न्यूनतम चर्चा पनि दिएन फुलस्टपले । जसकारण बिनितालाई अहिले केहि सोच्न बाध्य बनाएको छ ।

भाद्र १५ गतेबाट प्रदर्शनमा आएको फिल्म फुलस्टपले निर्मातालाई खुसी दिन सकेन सकेन नायिका बिनिता पनि सन्तुष्ट हुन सकिनन् । उनी भन्छिन्, 'मैले आफ्नो काम राम्रै गरेकी हुँ तर यहाँ फिल्म असफल भएपछि कलाकारलाई पनि असफलताको बाटोमा लगिन्छ । राम्रो गर्दा गर्दै नराम्रो बन्न पर्दा अलि दु:ख लागेको छ ।' त्यसैले अब बिनिता फिल्म गर्नु पूर्व धेरै पटक सोचेर मात्र निर्णय लिने बताउँछिन् ।

हुनत बिनिता कलाकार सधैं सफल भईरहे उसमा अहंता बढ्ने भएकाले बेलाबेला फ्लप पनि हुनुपर्ने धारणा राख्छिन् । भन्छिन्, 'हामी फ्लप पनि हुनुपर्छ नि मात्र आफ्ना कमजोरीहरूलाई नजिकबाट बुझ्न सकिन्छ ।' फुलस्टपको असफलताबाट केहि कुराहरू सिकेकाले आगामी दिनमा यसलाई मनन गर्दै फिल्म गर्ने बिनिता बताउँछिन् । 'बरू बर्षमा एउटा मात्र गर्छु तर राम्रो गर्छु', बिनिता थप्छिन्, 'हावाको भरमा फिल्म गरेर पछि पछुताउनु भन्दा शुरूमा नै सोच विचार गरेको राम्रो ।'

ब्रजेश खनालले निर्देशन गर्न लागेको फिल्म 'एक तीन सात शून्य' मा काम गर्न लागेकी बिनिताले टिमवर्क राम्रो भए फिल्म राम्रो बन्ने बताउँछिन् । अहिले उनी 'एक तीन सात शून्य' को क्यारेक्टरमा डुब्ने कोसिस गर्दैछिन् । उनी भन्छिन्,'यो फिल्मबाट मैले एउटा अर्को नयाँ पहिचान बनाउनेछु ।' By FimyKhabar News

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri