WATCH VIDEO NOW

गर्ल फ्रेण्डसंग अमेरिका उड्ने महानायकको सम्भावना

Like Us On Facebook Click Here

बिहेका लागि करिब तयारीमा जुटेका महानायक राजेश हमालले यसपटकको अमेरिका भ्रमणमा गर्लफ्रेण्डलाई पनि संगै लैजाने संकेत मिलेको छ ।
 
 असोज तेस्रो साता तिर  उनी दशै र तिहार मनाउने उदेश्य स्वरुप एक महिनाका लागि अमेरिका प्रस्थान गर्दैछन् जुन यात्रामा उनको हुनेवाली श्रीमती पनि संगै हुने संकेत फिल्मीखबरले पाएको हो । सदाको दशैमा जस्तै महानायक यो पटक अमेरिकामा रहेकी आफ्नी दिदीलाई चिनाउन गर्ल फ्रेण्डलाई साथमा लिएर अमेरिका उड्ने प्रबल सम्भावना छ । उनको टिकट  कन्र्फम भईसकेको छ तर उनले एयरपोर्टमा मिडियाले गल फ्रेण्डसंको यात्रा फलो गर्ने डरले अमेरिका जाने मिति भने उनले खुलाउन चाहेनन् । हाल सम्म मिडियाको क्यामेरामा कैद नभएकी उनको गर्ल फ्रेण्डको नाम मधु भट्टराई भनिएको छ तर यो बिषयको आधिकारिता अहिले सम्म आएको छैन् । 
 
आईतबार दिनेश डिसी तथा ऋषि धमलाको उपस्थितिमा बाल्य अवस्थादेखिको  मित्र अनिरुद प्रसाद ठाकुरको ठमेल स्थित  हलिउड हेयर एण्ड ब्यूटि सैलुनको उद्घाटनमा पुगेका हमालसंग अमेरिका जाने बिषयमा कुराकानी हुदा फिल्मीखबरले सो रहस्य थाहाँ पाएको हो । 'म अक्टोवर लागेपछि उता  जादैछु तर डेट चाहि कहिले हो त्यो पछि भनौला ।'  हमालले अमेरिका उड्ने मिति लुकाउदै भने । 
गत बर्षको  अमेरिका भ्रमणसंगै विभिन्न मुलुकको भ्रमण गर्दै नेपाल फर्किएका उनी यो पटक भने अमेरिका बाहेक अन्य देश नजाने भएका छन् ।  विशेषत उनी यो पटक अभिनेता सरोज खनालको एक समुहले आयोजना  गर्ने कार्यक्रममा सहभागी हुदैछन् । दुई बर्षअघि पनि उनी सोही ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी भएर निकै रमाईलो  गरेका थिए जुन रमाईलोको यात्रा यसपटक भने विभिन्न स्टेटमा हुने भएकाले  अन्य देशको भ्रमण यात्रा रोकेको उनले बताएका छन् । 
भाईटिका मनाएर  मात्र नेपाल फर्किने हमालको यो एक महिने  यात्रामा गर्ल फ्रेण्ड  संगै जानेछिन वा जादिनन्   सो बिषयमा फिल्मीखबरले फलो गर्ने छ ।फिल्मी खबरबाट......
 

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri