WATCH VIDEO NOW

जीवनसंग नजिकिईन् नीता

Like Us On Facebook Click Here
दुरीले सम्बन्धको ब्याख्या आफै गर्छ भनेझै हिरोईन नीता ढुङगाना र हिरो जीवन लुईटेलको दुरीलाई फिल्मीखबरले नियालेको छ । पहिलो पटक एउटै सेटमा काम गरेका उनीहरुको १५ दिने भेटघाटले सम्बन्धलाई गाढा बनाएको फिल्मीखबरले बुझेको छ ।

कुनै समय रेखा थापासंगको निकटता रहेका जीवनको पछिल्लो समय स्वेता भट्टराईसंगको निकटताको गसिप बाहिरिएको थियो । यति सम्मकी जीवनले आफ्ना गडफादर विकास आचार्यको पछिल्लो फिल्म रिदममा स्वेतालाई नै राख्न आग्रह गरेको कुरा बाहिरिको थियो जुन आग्रह मान्दै विकासले धर्म छोरी ऋचा सिंह ठकुरीको स्थानमा स्वेतालाई अनुबन्ध गर्नुपरेको थियो ।

केहि महिना अगाडी अष्ट्रेलियाबाट नेपाल फर्किएकी श्रीमतीको साथ रहदै आएका जीवन रिलेसन गसिपबाट केही टाढा रहन चाहन्छन् तर उनी टाढा रहन चाहे पनि नीता उनीसंग नजिक हुन चाहेको तस्बिरले बोल्छ । नोटबुकको सुटिङको बिषयमा बिहिबार सेटमै आयोजित प्रेस मिटमा नीता र जीवन सोफामा बसेका थिए जहाँ नीताको शरिर बारम्बार जीवन तिर ढक्लिन्थ्यो । यति सम्मकी प्रेस मिट पश्चातको लन्च टाईममा उनीहरु एउटै कोठामा गएर गफमा तल्लिन पनि थिए ।

फिल्मीखबरले जीवनलाई छड्के रूपमा बुझ्न खोज्दा उनले भनेका थिए, 'एउटै सेटमा रहेर ४५ दिनसम्म काम गर्दा सम्बन्धको दुरी कम हुनु स्वाभाविक हो तर यसलाई अन्यथा लिन भने हुँदैन । यो १५ दिनमा हामी राम्रो साथी भने भएका छौं ।' जीवनजी साथी मात्र कि अरू पनि ?

0 comments

Leave a Reply

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Themcnepal.Com All rights reserved. Designed by Arpan Giri